Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Rukum (West Part )

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Rukum (West Part )

Wednesday, Ashadh 03, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Office Introduction 2075-09-17

१ रुकुम पश्चिम जिल्लाको संक्षिप्त परिचय 

  • मध्यकालिन वाइसे राज्यमध्ये रुकुमकोटमुसिकोटबाँफिकोटगोतामकोट र जहारीकोट राज्यहरु पनि पर्दथे । यी राज्यमध्ये रुकुमकोटमा रुक्मीणी नाम गरेकी देवीको मन्दिर रहेको थियो । रुक्मीणी देवीको नाम अपभ्रंस भएर रुकुमकोट भएको र रुकुमकोट शब्दबाटै रुकुम नाम रहन गएको किम्बदन्ती पाइन्छ ।
  • वि.सं. २०७४ मा रुकुम जिल्लालाई २ जिल्लामा विभाजन गरेपछि रुकुम पश्चिम र रुकुम पूर्व गरी दूई भागमा यो जिल्ला विभाजन भयो । हाल कर्णाली प्रदेश अन्तरगत पर्ने यस रुकुम पश्चिम जिल्लाको पूर्वी सीमानामा रुकुम पूर्वपश्चिम सीमानामा जाजरकोटउत्तरमा डोल्पा र दक्षिणमा सल्यान र रोल्पा जिल्लाहरु पर्दछन । करीब १ लाख ५५ हजार जनसख्या भएको यस जिल्लाको सदरमुकाम मुसिकोट हो । यस जिल्लामा हिमालीपहाडि र तराईसम्मकै हावापानी पाइन्छ । विभिन्न ताल तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो जिल्लमा विभिन्न जात जाति र भाषा भाषीका मानिसहरु वसोवास गर्दछन । उनीहरुको रहन सहन र कला संस्कृति पनि विविध खालको छ ।
  • यस जिल्लाका मानिसको मुख्य पेशा कृषि नै हो । विस्तारै सरकारी सेवा तथा अन्य पेशा व्यवसाय अबलम्बन गर्ने मानिसहरुको संख्या पनि बढी रहेको अवस्था छ । राप्ती लोकमार्ग र मध्य पहाडि लोकमार्ग जस्ता सडक सञ्जाल यस जिल्लामा पनि पर्दछन । ग्रामीण सडकहरुको निर्माण कार्य पनि भैरहेको छ । जिल्लाको भौगोलिक बनोट विकट खालको रहेको छ ।

२ जिल्लाको तत्थ्याकीय वस्तुस्थिति

सीमाना

पूर्वी सीमानामा रुकुम पूर्व, पश्चिम सीमानामा जाजरकोट, उत्तरमा डोल्पा र दक्षिणमा सल्यान र रोल्पा

 

क्षेत्रफल

२११२.७७ व.कि.मी.

 

जनसख्या

१६६३५४

(२०७८को जनगणनानुसार)

निर्वाचन क्षेत्र

 

प्रतिनिधि सभाका लागि              १

 

प्रदेशसभाका लागि            २

 

स्थानीय तह

 

नगरपालिका                ३

 

गाऊपालिका                 ३

 

मुख्य जातिहरु

बम्हाण, क्षेत्री, जनजाति, दलित

 

मुख्य भाषा

नेपाली, मगर

 

साक्षरता

पूर्ण साक्षरता जिल्ला घोषणा भएको

९७ प्रतिशत साक्षर

स्थानीय एफ एम रेडियो

६ वटा

 

धर्म

हिन्दू, इसाई, बौद्धिष्ट

 

मुख्य पेशा

कृषि

 

मुख्य राजनीतिक दलहरु

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी-लेनिनवादी), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) , नेपाल कम्युनिष्ट पार्टी (माओवादी-केन्द्र), नेपाली काग्रेस, नयाँ शक्ति, नेकपा विप्लव, राष्ट्रिय जनमोर्चा

 

लोकमार्गहरु

राप्ती लोकमार्ग र मध्य पहाडी लोकमार्ग

 

विमानस्थल

सल्ले र चौरजहारी  २

 

बैक तथा वित्तिय सस्थाहरु

सरकारी बैकहरुमा नेपाल बैक, राष्टिय वाणिज्य बैक, कृषि विकास बैक तथा विभिन्न ९ बटा प्राइभेट बैकहरु सञ्चालनमा रहेका

 

सुरक्षा निकायहरु

नरसिंह दल, नेपाली सेना

 

जिल्ला प्रहरी कार्यालय

 

सशस्त्र प्रहरी बल, ४७ नं.

 

राष्टिय अनुसन्धान जिल्ला कार्यालय

 

३ जिल्लाको नक्सा 


Last Updated : 2083-02-21 13:04:40

© All Rights Reserved to District Administration Office, Rukum (West Part ) .