Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Rukum (West Part )

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Rukum (West Part )

Wednesday, Ashadh 03, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Office Introduction 2075-09-17

१. जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको परिचय

  • वि.सं. २०१८ मा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको थियो । सो विभाजन पश्चात स्थानीय प्रशासनलाई  विकेन्दीत प्रशासनीक व्यवस्था एव शान्ति सुरक्षा र अमनचयन कायम गर्नको लागि स्थानीय प्रशासन ऐन२०२८ लागू गरियो । सो ऐन बमोजिम जिल्लाको सामान्य प्रशासन सञ्चालन गर्न प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यलय रहने व्यवस्था भए अनुसार रुकुम जिल्ला प्रशासन कार्यालय रहेको हो ।
  • वि.सं. २०७४ मा रुकुम जिल्लालाई २ जिल्लामा विभाजन गरेपछि रुकुम पश्चिम र रुकुम पूर्व गरी दूई भागमा यो जिल्ला विभाजन भयो । हाल कर्णाली प्रदेश अन्तरगत पर्ने यस रुकुम पश्चिम जिल्ला विगतमा एउटै जिल्लाको रुपमा रहदा यसको सरदमुकाम हालको रुकुम पूर्व जिल्लाको रुकुमकोटमा रहेको थियो ।
  • वि.सं. २०२९ सालमा उक्त सदरमुकाम हालको रुकुम पश्चिममा पर्ने मुसिकोटमा स्थानान्तरण भएको थियो । हाल दुई जिल्ला भएपछिको रुकुम पश्चिमको सदरमुकाम पनि मुसिकोट नै रहेको छ ।
  • हाल नेपालले संघात्मक शासन व्यवस्था अपनाएपछि मुलुक संघीय संरचना अनुसार संघप्रदेश र स्थानीय तह गरी ३ तहको सरकार रहने संवैधानीक व्यवस्था भएको छ । यस व्यवस्थाबमोजिम जिल्ला प्रशासन कार्यालय नेपाल सरकारको प्रतिनिधिको रुपमा संघ मातहत रहको छ ।

२. जिल्ला प्रशासन कार्यालयको भूमिका

  • जिल्ला प्रशासन कार्यालय नेपाल सरकारको प्रतिनिधिको रुपमा जिल्लामा काम गर्ने तथा शान्ति सुरक्षा अमनचयन कायम गरी जनताको जीउधनको सुरक्षा गर्नु  यसको प्रमुख कर्तब्य हो ।
  • यो अर्ध न्यायीक निकायको रुपमा पनि कार्य गर्दछ । यस जिल्लाको जिल्ला प्रशासन कार्यालयले अख्तियार दूरुपयोग अनुसन्धान आयोगले प्रत्यायोजन गरेको अधिकारको प्रयोग गरी अख्तियार दूरुपयोग तथा अनुसन्धान सम्बन्धी कार्य पनि सम्पादन गर्दछ ।
  • शान्ति सुरक्षाका अतिरिक्त जिल्लामा हुने विकास निर्माणको कार्यमा सहजिकरण गर्नेसमय समयमा आइपर्ने विपद तथा प्रकोपका घटनाहरु हुन नदिने विपद आएको अवस्थामा उद्धार र राहत वितरण गर्ने र पिडितलाई पुनस्र्थापनाको प्रबन्ध मिलाउन पहल गर्नु पनि जिल्ला प्रशासन कार्यालयको उत्तिकै महत्वपूर्ण जिम्मेवारीमा पर्छ ।
  • अदालत तथा नेपाली सेनावाहेक जिल्लाका अन्य कार्यालयहरुवीच समन्वय रेखदेख गर्नु पनि जिल्ला प्रशासन कार्यालयको भूमिकामा पर्दछ ।
  • हाल प्रदेश सरकार र स्थानीय सरकार पनि रहेको अवस्थामा ती सरकार र तिनीहरुका मातहतका कार्यालयहरुवीच समन्वय तथा सहजिकरण गर्ने भूमिका पनि रहेको छ ।
  • नागरिकताराहदानीनाबालक परिचय पत्र वितरण विभिन्न सिफारिश गर्ने लगायतका सेवा प्रवाह गर्ने कार्य पनि यसको कार्यक्षेत्रभित्र पर्दछ ।
  • समग्रमा सर्वसाधरणले आफु र आफनो संम्पतिको पूर्ण सुरक्षित रहेको महशुस गर्नुजिल्लाबाट प्रवाह हुने सेवा छिटो छरितो एव. सहज तरिकाले हुनुविकास निर्माणको कार्य सहजरुपमा हुनु र विपदको न्यूनिकरणविपद भएमा उद्धार र राहतको काम प्रभावकारी रुपमा हुनु यस कार्यालयको सफलताको मापन हो ।


Last Updated : 2083-02-21 13:04:40

© All Rights Reserved to District Administration Office, Rukum (West Part ) .