सेवाग्राहीका लागि जरुरी जानकारी एव सूचना
2075-10-15
2075-10-15
- जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने कुनैपनि सेवा वापत सेवाग्राहीले तोकिएको दस्तुरभन्दा वढी तिर्नु पर्दैन ।
- जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गरिने सेवा प्राप्त गर्न कसैलाई भनसुन गराउनु पर्दैन ।
- जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा प्राप्त गर्न कुनै विचौलीयको सहयोग नलिइदिनु होला । यदि विचौलीयले काम गराइदिन्छु भनी तपाईहरुलाई रकम मागेमा वा तपाईका कागजात मागेमा सहायक प्रजिअ वा प्रजिअलाई तुरुन्त जानकारी गराउनु होला ।
- जेष्ठनागरिक, अपांगता वा कुनैपनि कारणले असत्तका लागि प्राथमिकताका साथ सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ सहायता कक्षमा सम्पर्क गर्नुहोला ।
- सहायता कक्षका कर्मचारीहरुले तपाइको सहायताका लागि तत्पर रहने छन ।
- यस कार्यालय सम्बन्धी कुनै सूचना आवश्यक परेमा सूचना अधिकारी श्री शेरबहादुर पुन मो.नं. ९८४१६४५१५८ मा सम्पर्क गर्नुहोला ।
- यस कार्यालय वा जिल्ला प्रशासन कार्यालयसंग सम्बन्धित कुनै विषयमा जानकारी, गुनासा र सुझाव भएमा प्रमुख जिल्ला अधिकारीको ९८५७८३७७७७ मा सम्पर्क गर्न सक्नु हुन्छ ।
- यस कार्यालयका वारेमा अन्य जानकारीका लागि यस कार्यालयको वेवसाइट http://daorukumwest.moha.gov.np/ , facebookpage:- dao.rukumwest.7 twitter :- daorukum मा हेर्नु होला ।
