न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्लाकाे परिचय 2075-09-17

१ रुकुम पश्चिम जिल्लाको संक्षिप्त परिचय 

  • मध्यकालिन वाइसे राज्यमध्ये रुकुमकोटमुसिकोटबाँफिकोटगोतामकोट र जहारीकोट राज्यहरु पनि पर्दथे । यी राज्यमध्ये रुकुमकोटमा रुक्मीणी नाम गरेकी देवीको मन्दिर रहेको थियो । रुक्मीणी देवीको नाम अपभ्रंस भएर रुकुमकोट भएको र रुकुमकोट शब्दबाटै रुकुम नाम रहन गएको किम्बदन्ती पाइन्छ ।
  • वि.सं. २०७४ मा रुकुम जिल्लालाई २ जिल्लामा विभाजन गरेपछि रुकुम पश्चिम र रुकुम पूर्व गरी दूई भागमा यो जिल्ला विभाजन भयो । हाल कर्णाली प्रदेश अन्तरगत पर्ने यस रुकुम पश्चिम जिल्लाको पूर्वी सीमानामा रुकुम पूर्वपश्चिम सीमानामा जाजरकोटउत्तरमा डोल्पा र दक्षिणमा सल्यान र रोल्पा जिल्लाहरु पर्दछन । करीब १ लाख ५५ हजार जनसख्या भएको यस जिल्लाको सदरमुकाम मुसिकोट हो । यस जिल्लामा हिमालीपहाडि र तराईसम्मकै हावापानी पाइन्छ । विभिन्न ताल तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो जिल्लमा विभिन्न जात जाति र भाषा भाषीका मानिसहरु वसोवास गर्दछन । उनीहरुको रहन सहन र कला संस्कृति पनि विविध खालको छ ।
  • यस जिल्लाका मानिसको मुख्य पेशा कृषि नै हो । विस्तारै सरकारी सेवा तथा अन्य पेशा व्यवसाय अबलम्बन गर्ने मानिसहरुको संख्या पनि बढी रहेको अवस्था छ । राप्ती लोकमार्ग र मध्य पहाडि लोकमार्ग जस्ता सडक सञ्जाल यस जिल्लामा पनि पर्दछन । ग्रामीण सडकहरुको निर्माण कार्य पनि भैरहेको छ । जिल्लाको भौगोलिक बनोट विकट खालको रहेको छ ।

२ जिल्लाको तत्थ्याकीय वस्तुस्थिति

सीमाना

पूर्वी सीमानामा रुकुम पूर्व, पश्चिम सीमानामा जाजरकोट, उत्तरमा डोल्पा र दक्षिणमा सल्यान र रोल्पा

 

क्षेत्रफल

२११२.७७ व.कि.मी.

 

जनसख्या

१६६३५४

(२०७८को जनगणनानुसार)

निर्वाचन क्षेत्र

 

प्रतिनिधि सभाका लागि              १

 

प्रदेशसभाका लागि            २

 

स्थानीय तह

 

नगरपालिका                ३

 

गाऊपालिका                 ३

 

मुख्य जातिहरु

बम्हाण, क्षेत्री, जनजाति, दलित

 

मुख्य भाषा

नेपाली, मगर

 

साक्षरता

पूर्ण साक्षरता जिल्ला घोषणा भएको

९७ प्रतिशत साक्षर

स्थानीय एफ एम रेडियो

६ वटा

 

धर्म

हिन्दू, इसाई, बौद्धिष्ट

 

मुख्य पेशा

कृषि

 

मुख्य राजनीतिक दलहरु

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी-लेनिनवादी), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) , नेपाल कम्युनिष्ट पार्टी (माओवादी-केन्द्र), नेपाली काग्रेस, नयाँ शक्ति, नेकपा विप्लव, राष्ट्रिय जनमोर्चा

 

लोकमार्गहरु

राप्ती लोकमार्ग र मध्य पहाडी लोकमार्ग

 

विमानस्थल

सल्ले र चौरजहारी  २

 

बैक तथा वित्तिय सस्थाहरु

सरकारी बैकहरुमा नेपाल बैक, राष्टिय वाणिज्य बैक, कृषि विकास बैक तथा विभिन्न ९ बटा प्राइभेट बैकहरु सञ्चालनमा रहेका

 

सुरक्षा निकायहरु

नरसिंह दल, नेपाली सेना

 

जिल्ला प्रहरी कार्यालय

 

सशस्त्र प्रहरी बल, ४७ नं.

 

राष्टिय अनुसन्धान जिल्ला कार्यालय

 

३ जिल्लाको नक्सा 


पछिल्लो अपडेट गरिएको : 2081-12-31 19:34:14

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम)

Powered By: ProActive Developers