न्यून व्यान्डविथ Invert Color A- A A+

कार्यालयको परिचय 2075-09-17

१. जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको परिचय

  • वि.सं. २०१८ मा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको थियो । सो विभाजन पश्चात स्थानीय प्रशासनलाई  विकेन्दीत प्रशासनीक व्यवस्था एव शान्ति सुरक्षा र अमनचयन कायम गर्नको लागि स्थानीय प्रशासन ऐन२०२८ लागू गरियो । सो ऐन बमोजिम जिल्लाको सामान्य प्रशासन सञ्चालन गर्न प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यलय रहने व्यवस्था भए अनुसार रुकुम जिल्ला प्रशासन कार्यालय रहेको हो ।
  • वि.सं. २०७४ मा रुकुम जिल्लालाई २ जिल्लामा विभाजन गरेपछि रुकुम पश्चिम र रुकुम पूर्व गरी दूई भागमा यो जिल्ला विभाजन भयो । हाल कर्णाली प्रदेश अन्तरगत पर्ने यस रुकुम पश्चिम जिल्ला विगतमा एउटै जिल्लाको रुपमा रहदा यसको सरदमुकाम हालको रुकुम पूर्व जिल्लाको रुकुमकोटमा रहेको थियो ।
  • वि.सं. २०२९ सालमा उक्त सदरमुकाम हालको रुकुम पश्चिममा पर्ने मुसिकोटमा स्थानान्तरण भएको थियो । हाल दुई जिल्ला भएपछिको रुकुम पश्चिमको सदरमुकाम पनि मुसिकोट नै रहेको छ ।
  • हाल नेपालले संघात्मक शासन व्यवस्था अपनाएपछि मुलुक संघीय संरचना अनुसार संघप्रदेश र स्थानीय तह गरी ३ तहको सरकार रहने संवैधानीक व्यवस्था भएको छ । यस व्यवस्थाबमोजिम जिल्ला प्रशासन कार्यालय नेपाल सरकारको प्रतिनिधिको रुपमा संघ मातहत रहको छ ।

२. जिल्ला प्रशासन कार्यालयको भूमिका

  • जिल्ला प्रशासन कार्यालय नेपाल सरकारको प्रतिनिधिको रुपमा जिल्लामा काम गर्ने तथा शान्ति सुरक्षा अमनचयन कायम गरी जनताको जीउधनको सुरक्षा गर्नु  यसको प्रमुख कर्तब्य हो ।
  • यो अर्ध न्यायीक निकायको रुपमा पनि कार्य गर्दछ । यस जिल्लाको जिल्ला प्रशासन कार्यालयले अख्तियार दूरुपयोग अनुसन्धान आयोगले प्रत्यायोजन गरेको अधिकारको प्रयोग गरी अख्तियार दूरुपयोग तथा अनुसन्धान सम्बन्धी कार्य पनि सम्पादन गर्दछ ।
  • शान्ति सुरक्षाका अतिरिक्त जिल्लामा हुने विकास निर्माणको कार्यमा सहजिकरण गर्नेसमय समयमा आइपर्ने विपद तथा प्रकोपका घटनाहरु हुन नदिने विपद आएको अवस्थामा उद्धार र राहत वितरण गर्ने र पिडितलाई पुनस्र्थापनाको प्रबन्ध मिलाउन पहल गर्नु पनि जिल्ला प्रशासन कार्यालयको उत्तिकै महत्वपूर्ण जिम्मेवारीमा पर्छ ।
  • अदालत तथा नेपाली सेनावाहेक जिल्लाका अन्य कार्यालयहरुवीच समन्वय रेखदेख गर्नु पनि जिल्ला प्रशासन कार्यालयको भूमिकामा पर्दछ ।
  • हाल प्रदेश सरकार र स्थानीय सरकार पनि रहेको अवस्थामा ती सरकार र तिनीहरुका मातहतका कार्यालयहरुवीच समन्वय तथा सहजिकरण गर्ने भूमिका पनि रहेको छ ।
  • नागरिकताराहदानीनाबालक परिचय पत्र वितरण विभिन्न सिफारिश गर्ने लगायतका सेवा प्रवाह गर्ने कार्य पनि यसको कार्यक्षेत्रभित्र पर्दछ ।
  • समग्रमा सर्वसाधरणले आफु र आफनो संम्पतिको पूर्ण सुरक्षित रहेको महशुस गर्नुजिल्लाबाट प्रवाह हुने सेवा छिटो छरितो एव. सहज तरिकाले हुनुविकास निर्माणको कार्य सहजरुपमा हुनु र विपदको न्यूनिकरणविपद भएमा उद्धार र राहतको काम प्रभावकारी रुपमा हुनु यस कार्यालयको सफलताको मापन हो ।


पछिल्लो अपडेट गरिएको : 2081-12-31 19:34:14

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम)

Powered By: ProActive Developers