2076-08-06
2076-08-06
आज मिति २०७६-०८-०६ गते जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम)मा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पाैड्यालकाे संयाेजकत्वमा स्थानिय तहका प्रमुखहरु सम्मिलित जिल्ला समन्वय वैठक वसी स्थानीय तहहरुबाट प्रवाह भइरहेकाे सार्वजनिक सेवाको स्थितिकाे समिक्षा गरियाे । उपर्युक्तानुसार स्थानिय तहका जनप्रतिनिधि तथा कर्मचारी हरुको कामकारवाहीमा सहजता कायम गर्न, शान्ति सुरक्षाको अवस्थालाइ मजबुत तुल्याउन, विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहलाइ चुस्त दुरुस्त र प्रभावकारी तुल्याउन, विपद्को प्रभावकारी व्यवस्थापन गर्न, सार्वजनिक सम्पतिकाे सुरक्षण गर्न तथा भइपरी आउने विभिन्न समस्याहरुको तदर्थ समाधान खाेजी सुशासन प्रवर्धन गर्न आवश्यक समन्वय र सहजीकरणको कार्यमा थप क्रियासिलता र प्रभावकारिताका साथ अगाडि वढ्ने निर्णय गरियाे ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .