2077-02-26
2077-02-26
आज मिति २०७७/०२/२६ गते जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम)मा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्री उपेन्द्रराज पौड्यालको अध्यक्षतामा सरोकारवालाहरुको उपस्थितिमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी विपद्का समग्र गतिविधि र भएका निर्णयहरुको कार्यान्वयनको स्थितिको समिक्षा गरियो । कोभिड-१९ को वढ्दो जोखिम र संवेदनशिलता तथा प्रभावकारी र समन्वयात्मक रोकथाम र नियन्त्रण गर्ने सन्दर्भमा यस जिल्लाका स्थानिय तहहरु, सुरक्षा निकायहरु तथा अन्य सरोकारवालाहरु समन्वयात्मक र प्रभावकारी रुपमा खट्ने खटाउने लगायतका निर्णय गरियो ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .