2076-06-01
2076-06-01
कार्यालय प्रमुखको वैठक
मिति २०७६/०६/०१ गते प्रमुख जिल्ला अधिकारी श्री उपेन्द्रराज पोड्यालको अध्यक्षतामा यस रुकुम (पश्चिम) जिल्ला स्थित सरकारी कार्यालय संघ संस्थाहरुवाट भए गरेका काम कार्वाहीको समिक्षा गरियो । साेही वैठकमा सुशासन (व्यवस्थापन तथा सञ्चालन) एेन, २०६४ काे दफा १३ र सुशासन सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को दफा ६ को प्रावधान मुताविक जिल्ला स्थित सम्पुर्ण सरकारी कार्यालयहरुले उक्त कानुनको प्रावधान मुताविक कामकारवाही र गतिविधि सम्वन्धी विवरण अध्यावधिक गरी प्रगति विवरण कार्यालय प्रमुखको वैठकमा छलफल गरी सार्वजनिक सेवा प्रवाह सम्वन्धी जिल्लागत प्रतिवेदन तयार गर्ने निर्णय गरियो । साथै संविधान दिवस तथा राष्ट्रिय दिवसलार्इ भव्यताकासाथ मनाउन सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरु तदारकताका साथ क्रियाशिल हुने निर्णय गरियाे ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .