2076-09-17
2076-09-17
मिति २०७६-०९-१६ गते बसेको विपद् व्यवस्थापन समिति रुकुम (पश्चिम) को बैठकको निर्णय
मिति २०७६-०९-१६ गते कर्णाली प्रदेश सभा सदस्य माननीय श्री गोपाल शर्मा 'अनल', माननीय श्री रातो कामी, माननीय श्री देवी ओली, जि.स.प्र. श्री राजकुमार शर्माको विशेष उपस्थितिमा प्रमुख जिल्ला अधिकारी श्री उपेन्द्रराज पौड्यालको अध्यक्षतामा २२ औ भूकम्प सुरक्षा दिवस २०७६ मनाउने सम्वन्धमा विपद् व्यवस्थापन समिति रुकुम (पश्चिम) को बैठक वसी देहाय वमोजिम गर्ने गराउने निर्णय गरियो ।
१.माघ १ गते भवन निर्माण संहिता सम्बन्धमा रेडियो सम्वाद कार्यक्रम गर्ने र सोको लागि स्थानिय एफ.एम. तथा संचार माध्यमलाई अनुरोध गर्ने ।
२. सवै स्थानिय तहहरुलाई आ–आफ्नो क्षेत्रमा भूकम्प सुरक्षा दिवस भव्य रुपमा मनाउन जिल्ला समन्वय समितिको कार्यालय रुकुम (पश्चिम) मार्फत अनुरोध गर्ने ।
३.सवै माध्यामिक विद्यालयहरुमा भूकम्प सम्बन्धि चेतना मूलक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस भव्य रुपमा मनाउन शिक्षा विकास तथा समन्वय इकाइ रुकुम (पश्चिम) मार्फत अनुरोध गर्ने ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .