2078-02-24
2078-02-24
प्रस्तुत विषयमा गृह मन्त्रालय, निजामती कर्मचारी प्रशासन शाखा, सिंहदरवार काठमाडौको च.नं. १३७५ मिति २०७८/०२/२३ गतेको पत्र साथ प्राप्त वातावरण विभाग, बबरमहल काठमाडौको पत्र मार्फत नेपाल सरकारले मिति २०७८ श्रावण १ देखि लागू हुने गरी प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्यूनीकरण गर्न ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, विक्रि वितरण र प्रयोगमा पूर्णरुपमा प्रतिवन्ध लगाएको साथै सपिङ्ग मल तथा डिपार्टमेन्टल स्टोर लगायत सबै ब्यापारिक प्रतिष्ठानमा प्लाष्टिकको झोलाको सट्टा सूती, जुट वा कागजका झोला प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको समेत अवगत गराउँदै ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोला वा सीट उत्पादन गर्ने उद्योगले पुरानो मेशिनको पाटपूर्जा प्रतिस्थापन गरी नयाँ जडान गरेमा हुने थप लगानी बराबरको रकम पुँजीगत अनुदान उपलब्ध गराइने व्यवस्था समेत आ.व. ०७८/७९ को आय-व्ययको सार्वजनिक जानकारी वक्तव्यमा उल्लेख गरिएको भनि लेखि आएकाले लेखि आए वमोजिम गर्न/गराउनुहुन सरोकारवाला सबैमा यो सूचना जारी गरिएको छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .