2077-02-23
2077-02-23
मिति २०७७-०२-२३ गते जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम) मा प्रमुख जिल्ला अधिकारी श्री उपेन्द्रराज पौड्यालको अध्यक्षतामा सदरमुकाम स्थित मुसिकोट नगरपालिका अग्रणी स्वास्थ्य संस्थाका पदाधिकारीहरु र अन्य सरोकारवालाहरुको उपस्थितिमा बैठक सम्पन्न भयो । बैठकमा यस जिल्लामा कोभिड-१९ को वढ्दो संवेदनशिलता त्यसको जोखिम न्यूनिकरण तथा त्यसको प्रभावकारी रोकथाम र नियन्त्रण गर्ने सम्वन्धमा क्रियाशिल स्वास्थ्य संस्थाहरुले तत्काल १७ वटा Isolation ward निर्माण गर्ने र मुसिकोट नगरपालिका वडा नं. ४ मा रहेको सिस्ने एकेडेमी बोर्डिङ स्कुलमा Isolation ward निर्माण प्रयोजनार्थ ३९ सेट Bed set का आवश्यक सामग्री तत्काल सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .