2076-09-23
2076-09-23
आज मिति २०७६/०९/२३ गतेका दिन जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम) को समन्वयमा वाणिज्य, आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग, बबरमहल काठमाडाैका प्रतिनिधिहरुको समभागितामा यस जिल्लाका मुसिकोटमा रहेका ९ वटा फर्म/पसल हरुको अनुगमन गरियो । सो क्रममा १ वटा पसलमा म्याद नाधेको सामाग्री भेटिएको हुँदा त्यसलाइ तत्काल नष्ट गरियो भने १ वटा पसलको औषधि व्यवस्था विभागको प्रमाण पत्रका म्याद सकिएकोले सो म्याद थप गरी ७ (सात) दिन भित्र जि.प्रशा.का. रुकुम (पश्चिम)मा पेश गर्न निर्देशन दिइयो ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पश्चिम भाग) .